Hansol Learning Center, Talchhikhel, Lalitpur, Nepal

Blog & News

नेपालबाट कोरिया रोजगारकाे सपना देखिरहनु भएका सम्पूर्ण उम्मेदवारहरूका लागि खुसीको खबर!

HRD Korea ले हालै आफ्नाे वेबसाइटमार्फत UBT (EPS-TOPIK) परीक्षाकाे फारम खुल्ने मिति सार्वजनिक गरेको छ। तालिका अनुसार, फारम २०२५ सालको अगस्ट ११ तारिखदेखि १६ तारिखसम्म , ७ दिनसम्म अनलाइनमार्फत खुला रहनेछ।

हाललाई कुन सेक्टर (उद्योग वा कृषि/माछापालन) मा कति कोटा खुल्ने भन्ने विवरण चाहिँ EPS शाखा, ग्वार्को बाट चाँडै सार्वजनिक गरिने जनाइएको छ। यसबारे थप जानकारी प्राप्त भएपछी हामी निरन्तर अपडेट दिइरहनेछौँ।

📝 महत्वपूर्ण कुरा:

  • फारम भर्ने मिति छुटाउनु भएमा पुन: मौका पाइँदैन।

  • आफ्नो तयारीलाई निरन्तरता दिँदै जानुहोस्।

  • आधिकारिक सूचना तथा अपडेट EPS शाखा र HRD Korea को वेबसाइटबाट मात्र प्राप्त गर्नुहोला।

EPS-TOPIK तयारी गरिरहनु भएका सबैलाई सफलताको शुभकामना!

Official Notice:https://epstopik.hrdkorea.or.kr/epstopik/abot/exam/sechduleDetail.do